२० सूचीकृत कम्पनीको सेयर कारोबार रोक्का

३ बर्ष अगाडि

काठमाडौं - हाल नेप्सेले मर्जर र एक्विजिसन ९प्राप्ति० प्रयोजनका लागि २० वटा सूचीकृत कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । 

मर्जर र प्राप्ति प्रयोजनका लागि सेयर कारोबार रोक्का हुनेमा ७ वटा बीमा कम्पनी, ५ वटा वाणिज्य बैंक, ५ वटा लघुवित्त कम्पनी, २ वटा जलविद्युत कम्पनी र एउटा फाइनान्स कम्पनी छन् । 

वाणिज्य बैंकहरु
बैंक अफ काठमाण्डू, ग्लोबल आइएमई बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, नेपाल इन्भेस्टमेन्ट बैंकको सेयर कारोबार रोक्का छ । 

फाइनान्स कम्पनीहरु
क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको सेयर कारोबार रोक्का भएको छ ।

बीमा कम्पनीहरु
एभरेस्ट, हिमालयन जेनेरल, गुराँस लाइफ, प्राइम लाइफ, युनियन लाइफ, ज्योति लाइफ र सूर्य लाइफ छन् ।

लघुवित्त कम्पनीहरु
घोडीघोडा, नाडेप, समाज, सिवाईसी नेपाल र आँधिखोला लघुवित्त संस्था छन् ।

जलविद्युत कम्पनीहरु 
रिडी र रैराङ हाइड्रोपावरको सेयर कारोबार रोक्का छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया