एक्सेल डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने भोलि (सोमबार) अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागिअसार २८ गतेदेखि साउन ९ गते बुकक्लोज गर्ने भएकाले सोमवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई ८.५ प्रतिशत बोनस शेयर र ०.४५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारितका लागि कम्पनीले साउन ९ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा सिद्धार्थ होटल विर्तामोड, झापामा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ ।
प्रतिक्रिया