संघीय संसदलाई राष्ट्रपतिको सम्बोधन, के–के भनिन् ?

७ बर्ष अगाडि

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदलाई सम्बोधन गर्दै समुन्नत समाज निर्माणमा एक भएर अघि बढ्न आह्वान गरेकी छन् ।
राष्ट्रपति भण्डारीले संसद भवन नयाँवानेश्वर पुगेर प्रतिनिधि सभा र राष्ट्रिय सभालाई संयुक्त रुपमा सम्बोधन गर्दै अबको नेपाल मनोमालिन्य र कुनैपनि किसिमको शोषण र दमनबाट मुक्त हुनुपर्ने पनि बताइन् ।
उनले यस वर्ष सम्मपन्न विभिन्न तहका निर्वाचनबाट जनताले आफूले बनाएको संविधानलाई बलशाली भएको बताइन् । 
त्यस्तै उनले आम जनताले निर्वाचनमा जनाएको सहभागिता र उत्साहले सम्मृद्ध नेपाल बनाउने अभिभारा थपिदिएको भन्दै  नेपालमा असाधारण सम्भावनाको ढोका खुलेको बताइन् । ‘विकासको फलमा सवैको समान पहँुच, श्रोत साधनको सदुपयोग गर्दै एकताबद्ध भएर अघि बढौं’, राष्ट्रपतिले सम्बोधनका क्रममा भनिन् ।
मित्र राष्ट्रसँग सहकार्य गर्दे अघि बढ्न आह्वान गर्दै शहीदको सपना साकार पार्ने समय आएकाले समुन्नत समाज निर्माणमा एक भएर अघि बढ्न आव्हान गरेकी छन् । 
राष्ट्रपति भण्डारी संघीय संसद भवन पस्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्ण बहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, सरकारका मन्त्रीहरु लगायत विशिष्ठ व्यक्तिले स्वागत गरेका थिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया