लुम्बिनी विकास बैंकद्धारा कीर्तिमानी आरोही रिता शेर्पालाई सम्मान

३ बर्ष अगाडि

काठमाडौं - कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई आफ्नो २६औँ पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणका क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानरसहित उच्च शिखरमा पुगी आफ्नो नाम पुनः गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा लेखाउन सफल भएकोमा  बैंकले आफ्नो १५औँ बार्षिकोत्सवको अवसरमा सम्मान गरेको छ ।

लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकालदेखि ‘निरन्तर सहयात्रा’ गर्दै आएका पर्वतारोही शेर्पालाई बैंकले सम्मानपत्र प्रदान गरेको हो । सम्मानपत्र बैंकका अध्यक्ष दशरथ रिसालले बैंकको केन्द्रीय कार्यालयमा एक समारोहका बीच प्रदान गरे । 

कीर्तिमानी पर्वतारोही रिता शेर्पा विगत दुई दशकदेखि लुम्बिनी विकास बैंकमा ‘निरन्तर सहयात्री’ बनी आबद्ध छन् । उनको यो कीर्तिमानी आरोहण आफ्ना लागिमात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पुर्ण नेपालका लागि आफूले सगरमाथा २६ औँपटक आरोहण गरेको जानकारी दिए । 

उनको यस साहसिक कार्यले लुम्बिनी विकास बैंकका साथै सम्पूर्ण नेपाल तथा नेपालीलाई गौरवान्वित बनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया