काठमाडौं - आज आइतबार सेयर बजार बन्द रहने भएको छ ।
सरकारले आज बकर इद (इदुल जोहा)का अवसरमा देशैभरि सार्वजनिक बिदा दिएको छ । आज देशैभरका सरकारी कार्यालय तथा निकाय र संघसंस्था बन्द रहनेछन् ।
त्यसैले आज सेयर बजार पनि रहनेछ। बजार भोलि सोमबार खुल्नेछ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् ।
नमाज पढिसकेपछि आपसमा शुभकामना आदानप्रदान गर्छन् ।
प्रतिक्रिया