काठमाडौं - श्रीलंकाका प्रधानमन्त्री रानिल विक्रमासिंघेपछि राष्ट्रपति गोताबाय राजपाक्षले राजीनामा दिने घोषणा गरेका छन् । शनिबार श्रीलंकाली संसदका सभामुख महिन्दा यापा अभयवर्धनले राजपाक्षले आगामी बुधबार राजीनामा दिने जानकारी दिएको बताएका हुन् ।
प्रदर्शनकारीहरूले शनिबार राष्ट्रपति राजपाक्षको घरमा तोडफोड गरेका थिए । त्यसपछि साँझ अबेर उनीहरुले प्रधानमन्त्री विक्रमासिङ्घेको घरमा पनि आगजनी गरेका थिए । यससँगै सभामुख अभयवर्धन अस्थायी राष्ट्रपति हुनेछन्। अभयवर्धनले श्रीलंकाको संविधानअनुसार अब उनले केही दिन राष्ट्रपतिको पद सम्हाल्नेछन् ।
आर्थिक संकट गहिरिँदै गएपछि श्रीलंकामा जनजीवन अस्तव्यस्त भएको छ । इन्धनदेखि खाद्यान्न र औषधिसम्मको अभाव छ । त्यसलाई व्यवस्थापन गर्न नसकेपछि जनआक्रोश भड्किएको हो ।
केही महिनायता विरोध चर्किँदै गएपछि सत्तामा हालीमुहाली गरिरहेको राजपाक्ष परिवार सत्ताबाहिर धकेलिएको छ ।
प्रतिक्रिया