स्वदेशमै उत्पादित कृषिजन्य वस्तुको उपयोगलाई बढवा दिनुपर्छ : ऊर्जा मन्त्री

३ बर्ष अगाडि

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले स्वदेशी उत्पादनको प्रवद्र्धन र उपयोग गर्दा नै राष्ट्रियता सबल हुने बताएकी छन् । उनले स्वदेशमै उत्पादित कृषिजन्य वस्तुको उपयोगलाई बढवा दिनुपर्ने उल्लेख गरेकी हुन ।

ललितपुर महानगरपालिका–१४ नखिपोटमा बहुउपयोगी कभर्ड हल निर्माण गरिएको छ । सरकार र स्थानीयवासीको दुई करोड ५० लाख लागतमा निर्माण उक्त कभर्ड हालको उद्घाटन गर्दै उनले आयात प्रतिस्थापन गर्नका लागि पनि आन्तरिक उत्पादन बढाउन पर्ने बताएकी हुन् ।

स्थानीय जनताको सक्रियतामा निर्माण भएको कभर्ड हलको उपयोगबाट जनताको स्वास्थ्य सकारत्मक प्रभाव पर्ने उनको विश्वास छ । मन्त्री भुसालले सो कभर्ड हलको उचित संरक्षण र मर्मतसम्भार गर्दै उपयोगमा ल्याउन समेत आग्रह गरिन ।

कार्यक्रममा बागमती प्रदेश सांसद राजकाजी महर्जनले खेल र स्वास्थ्यलाई मध्यनजर गर्र्दै आफूले कभर्ड हल निर्माण गर्न सहजीकरण गरेको बताए । उनले ललितपुरमा एक दर्जन बढी त्यस्ता कभर्ड हल निर्माण सम्पन्न भएको जानकारी दिए ।

३ बर्ष अगाडि

प्रतिक्रिया