१० खर्ब ७० करोड ४१ लाख रुपैयाँ बराबर राजस्व सङ्कलन

३ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्ष सकिन लाग्दा १० खर्ब ७० करोड ४१ लाख रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ । यो राजस्व रकम सरकारी लक्ष्यको ८४.७६ प्रतिशत हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चालु आवमा कूल रु ११ खर्ब ८० अर्ब ६० करोड चार लाख बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । त्यसमा कर राजस्व कूल नौ खर्ब २६ अर्ब ५० करोड ७० लाख बराबर सङ्कलन भएको छ । 

यो कूल लक्ष्यको ८६.७५ प्रतिशत बराबर हो । चालु आवमा १० खर्ब ६७ अर्ब ९६ करोड २५ लाख रुपैयाँ बराबर कर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । बाँकी रहेको अवधिभित्र कर राजस्व तोकिए बराबर नै सङ्कलन हुने सरकारको विश्वास छ ।

त्यस्तै गैरराजस्व एक खर्ब १२ अर्ब ६२ करोड ७९ लाख रुपैयाँ बराबर सङ्कलन गर्ने लक्ष्य राखेकामा हालसम्म ७४ अर्ब १९ करोड ७१ लाख रुपैयाँ बराबर सङ्कलन भएको छ । यो कूल लक्ष्यको ६५.८७ प्रतिशत हो ।

कार्यालयका अनुसार सरकारले ५९ अर्ब ९१ करोड ९९ लाख बराबर अनुदान प्राप्त हुने अपेक्षा गरेकामा १३ अर्ब ८८ करोड ३३ लाख बराबर प्राप्त भएको छ । कूल लक्ष्यको २३.१७ प्रतिशत हो । सबै विवरणका आधारमा हेर्दा सरकारले चालु आवको हालसम्म कूल लक्ष्यको ८५.३३ प्रतिशत बराबरको प्राप्त गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया