काठमाडौं - बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा तथा ब्याज तोकिएको समयमै भुक्तानी नगरेका कारण कालो सूचीमा पर्ने व्यापारीको संख्या वर्षेनी बढ्दो छ ।
चालू आर्थिक वर्ष २०७८/७९ मा मात्र कालोसूचीमा पर्नेको संख्या १३ हजार नाघेको छ । कर्जा सूचना केन्द्रका अनुसार चालू आवको २३ असारसम्ममा कालो सूचीमा पर्नेको संख्या १३ हजार ६ सय ४८ पुगेको छ ।
केन्द्रका अनुसार व्यक्ति, व्यापारिक फर्म, उद्योग समेत गत आर्थिक वर्ष २०७७/७८ भरमा जम्मा ४ हजार ८ सय ८२ कालोसूचीमा परेका थिए । गत आवको तुलनामा चालू आवमा कालो सूचीमा पर्नेको संख्या झण्डै १८० प्रतिशतले बढेको छ ।
प्रतिक्रिया