साइप्रसले माग्यो नेपाली कामदार, मासिक तलब एक लाख ४४ हजार बढि

३ बर्ष अगाडि

काठमाडौं - साइप्रसले नेपाली कामदारको माग गरेको छ । साइप्रस सहरमा रहेको jrp jobmarket ltd. कम्पनीले विभिन्न पदका लागि १२ जना पुरुष र ८ जना महिला गरी जम्मा २० जना नेपाली कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ५ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि ३ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले मासिक तलब खन बस्नसहित एक लाख ४४ हजार बढि पाउनेछन् । इच्छुक कामदारले सुन्दर नेपाल ओभरर्सिस प्रालिको कार्यालय सिनामंगल काठमाडौंमा आसार ३० गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया