१०२ मा कोरोना पुष्टि हुँदा ३१ जना संक्रमणमुक्त,  सक्रिय संक्रमित कति ?

३ बर्ष अगाडि

काठमाडौं -  पछिल्लो २४ घण्टामा देशभर थप १०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६१५ जनाको परीक्षण गरिएको थियो । जसमध्ये १५३९ जनाको पिसिआर र १०७६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

जसबाट ७२ जनाको पिसिआर र ३० जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । 

यस्तै ३१ जना संक्रमणबाट निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । अहिले देशभर ६०५ जना सक्रिय संक्रमित छन् । 

यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । 

३ बर्ष अगाडि

प्रतिक्रिया