यूएईले माग्यो भारी सङ्ख्यामा नेपाली कामदार,मासिक तलब कति ?

३ बर्ष अगाडि

काठमाडौं - यूएईले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । यूएई सहरमा रहेको एक कम्पनीले विभिन्न पदका लागि १२८ जना पुरुष नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् । 

कामदारले खान बस्नेतसहित तलब ६० हजार बढी पाउनेछ । इच्छुक कामदारले ktm white pearl h.r. consultancy pvt.ltd. को कार्यालय सुकेधारा काठमाडौंमा असार साउन १ र ५ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैँले तिनुपर्नेछ । यस्तै, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया