सिभिल बैंकका ग्राहकलाई चरक मेमोरियल हस्पिटल छुट

३ बर्ष अगाडि

काठमाडौं - सिभिल बैंक र पोखराको चरक मेमोरियल हस्पिटल बिच बैंकका ग्राहकहरुका लागि विशेष छुट प्रदान गर्ने बारेमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

यस सम्झौताअनुसार सिभिल बैंकका सम्पुर्ण ग्राहकहरुले पोखराको चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

आज एक कार्यक्रममा बैकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख समीर के।सी। तथा हस्पिटलका तर्फबाट अध्यक्ष राम चन्द्र रेग्मिले सम्झौतामा हस्ताक्षर गरेका छन । 

उक्त सम्झौता अनुसार फार्मेसीमा ५ प्रतिशत, ल्याबरबेड, रेडियोलोजी तथा अपरेसनमा लाग्ने शुल्कमा १० प्रतिशत र होल बडी चेकअपमा २० प्रतिशत छुट पाउने व्यवस्था छ ।

सात लाखभन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म १२ एक्सटेन्सन काउन्टरहरु र ९९ एटिएम रहेका छन् । 

साथै बैंकले हालसम्म करीव ९२ अर्व निक्षेप परिचालन गरी ८८ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया