कागमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यो साता फरवार्ड माइक्रोफाइनान्सको बोनस शेयर सूचिकृत भएको छ । यस्तै ङादी ग्रुप पावरको शेयर समायोजन भएको छ ।
फरवार्ड माइक्रोफाइनान्स
नेप्सेमा फरवार्ड माइक्रोफाइनान्सको २१ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । कम्पनीको ३५ प्रतिशतले हुन आउने २१ लाख ८९ हजार ३ सय १७ दशमलव ३७ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै डिम्याट खातामा आएपछि लगानीकर्ताले शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।
ङादी ग्रुप पावर
नेप्सेमा आइतबार ङादी ग्रुप पावरको शेयरमूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १५० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो ।
समायोजनपछिको कम्पनीको प्रतिकित्ता शेयर मूल्य २६३.६० कायम भएको छ । आइतबारको अन्तिम शेयर मूल्य ५०९ को आधारमा शेयर मूल्य संमायोजन गरेको हो ।
प्रतिक्रिया