काठमाडौं - असार १४ गते शुक्रबार बैंक तथा वित्तीय संस्थाहरुले ३३ अर्ब ६७ करोड रुपैयाँ लिएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई २० पटक गरेर उक्त रुपैयाँ बराबरको एसएलएफ प्रदान गरेको हो ।
बैंक तथा वित्तीय संस्थाहरुले बिहीबार र बुधबार भने क्रमशः ३५ अर्ब ५३ करोड र ४५ अर्ब ९५ करोड रुपैयाँ एसएलएफ उपयोग गरेका थिए । बैंकहरुले असार १९ गते आइतबार १७ अर्ब ६ करोड रुपैयाँ एसएलएफ उपयोग गरेकोमा २० गते ३० अर्ब २७ करोड र २१ ग्ते मंगलबार ५६ अर्ब ९७ करोड रुपैयाँ एसएलएफ प्रयोग गरेका थिए ।
दैनिक १५ अर्ब रुपैयाँ हाराहारीमा निक्षेप बैंकिङ्ग प्रणालीमा थपिँदै गएको भएपनि केही घट्न थालेको एसएलएफ दैनिक ३० अर्ब माथि पुगेको हो । बैंकिङ्ग प्रणालीमा तरलता अभाव कायम नै रहेकाले अन्तरबैंक ब्यादर समेत बुधबारसम्म ७ प्रतिशत नै कायम रहेको छ ।
एसएलएफ बढीमा एक साताका लागि मात्र पाइने सापटी हो । बैंक तथा वित्तीय संस्थाले सरकारी ऋणपत्रमा गरेको कुल लगानीको ९० प्रतिशतसम्म राष्ट्र बैंकबाट एसएलएफ सुविधा लिन पाउँछन् ।
तर, आफ्नो सीमा पूरा नहुँदासम्म हरेक साता एसएलएफ नवीकरण गर्न पाइन्छ । यसकारण ९० प्रतिशत सीमा नपुगेका बैंकहरूले हरेक साता एसएलएफ नवीकरण गर्दै आएका छन् ।
ब्याजदर पनि ७ प्रतिशत मात्र तिरे पुग्ने र हरेक साता नवीकरण गर्न पाइने भएपछि स्रोत अभावका कारण बैंकहरूले अल्पकालीन सापटीको भरमा दीर्घकालका लागि कर्जा प्रवाह गरिरहेका छन् ।
प्रतिक्रिया