रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ ।
कम्पनीको मिर्चैया शाखाले असार १६ गते बीमाङ्क रकम रु ५.५ लाखको सुलभ बाल जीवन बीमा अन्तर्गत दाबी भुक्तानी गरेको हो ।
रामेश्वर शाह प्रस्तावक भै निजका छोरीहरु रुसी शाह र खुसी शाहको बाल शुलभ जीवन बीमा खरिद गरेको प्रस्ताबक रामेश्वर शाहको कालगतिका कारण मृत्यु भै निजका छोरीहरु लाई बीमालेखमा उल्लेख गरिएको शर्तहरु बमोजिम मासिक आय र बीमाशुल्क छुट बापत उक्त रकम दिएको कम्पनीले जनाएको छ ।
सो कार्यक्रममा कम्पनीका मिर्चैया शाखाका ब्रान्च म्यानेनजर सुरेन्द्र प्रसाद साहले वीमितहरुलाई समयमानै दावी भुक्तानी गर्नु कम्पनीको दायित्व भएको हुँदा दावी भुक्तानी यथासिघ्र गर्ने कम्पनीको नीति अनुरुप दावी भुक्तानी प्रदान गरिएको बताएका छन् ।
प्रतिक्रिया