शिवम् सिमेन्ट्सहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीले कतिको कारोबार गरे ?

३ बर्ष अगाडि

काठमाडौं- साता कारोबारको अन्तिम दिन (शुक्रबार) पनि शेयर बजार ओरालो लागेको छ । आज फेरि नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसूचक ३४.७१  अंकले घटेर १९९२.६१ को विन्दुमा झरेको हो । 

नेप्सेमा सूचीकृत २१७ कम्पनीको ३० लाख ६३ हजाजर ४७६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १६ करोड ८४ लाख ५१ हजार ३९५ रुपैयाँको कारोबार भएको छ ।

आज सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्को शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५ करोड ५९ लाख रुपैयाँ माथिको कारोबार भएको हो ।

त्यस्तै, युनाइटेड इदि मार्दीको ३ करोड ९७ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ३ करोड ९१ लाख, अरुण काबेली पावरको ३ करोड ७९ लाख र एनटिसीको ३ करोड ७३ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया