हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट आगामी साता

३ बर्ष अगाडि

काठमाडौं - हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ आगामी साता बाँडफाँट हुने भएको छ । ग्लोबल आइएमइ क्यापिटलले आगामी मंगलबारसम्ममा आइपीओ बाँडफाँट गर्ने तयारी गरेको जनाएको छ ।

आज शुक्रबार प्रि अलटमेन्ट गर्न लागेको छ । आगामी मंगलबारभित्रै आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको क्यापिटलले जनाएको छ । असार १५ गतेदेखि निष्काशन गरेको कम्पनीको शेयरमा १० गुणा बढी आवेदन परेको छ । तथ्याँक अनुसार कम्पनीको आइपीओमा १६ लाख २६ हजार ४३० आवेदकबाट एक अर्ब ८४ करोड १९ लाख ९८ हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख १९ हजार ९८० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ ।

यो सर्वसाधारणलाई छुट्याएको १८ लाख ३० हजार ४७२ कित्ताको १०.०६ गुणा बढी हो । कम्पनीले असार १५ गतेदेखि प्रतिशेयर १०० अंकित दरमा कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । 

त्यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ता शेयर मात्रै सर्वसाधारणलाई बाँटफाँट हुनेछ ।

कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार १ लाख ८३ हजार ४७ जनाले मात्रै शेयर पाउनेछन् । बाँकी रहेका करिब १४ लाख ४३ हजार आवेदकको हात खालि हुने छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया