मेरो शेयर एप अब आईओएसमा पनि

३ बर्ष अगाडि

काठमाडौं - केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि) ले सञ्चालनमा ल्याएको मेरो शेयर एप अब आईओएसमा पनि उपलब्ध हुने भएको छ ।

सिडिएससिले आउने नयाँ आर्थिक वर्षबाट एप्पलका प्रयोगकर्ताले पनि डाउनलोड गर्न मिल्ने गरी आईओएस मार्फत उक्त एप उपलब्ध गराउने बताएको छ । 

यस अघि नै सिडिएससिले एन्ड्रोइड मोबाइल प्रयोगकर्ताकोलागि उक्त एप सञ्चालनमा ल्याएको थियो । तर एप्पलका प्रयोगकर्ताले भने उक्त एप डाउनलोड गर्नबाट वञ्चित हुँदै आएका थिए । 

सोही अवस्थालाई मध्यनजर गर्दै सिडिएससिले एप्पलका प्रयोगकर्ताकोलागि पनि उक्त एप उपलब्ध गराउन लागेको जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया