प्रि ओपन सेसन : ४ अंकले बढ्यो नेप्से परिसूचक, ९६६ कित्ता शेयर खरिदबिक्री

३ बर्ष अगाडि

काठमाडौं - आज साताको अन्तिम कारोबारको दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंक बढेको छ ।

अघिल्लो कारोबारको दिन बिहीबार १६.६० अंक घटेर २०२७.३२ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा ४.५५ अंक बढेर २०३१.८७ विन्दुमा पुगेको छ । उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.६० अंक बढेको छ ।

शुक्रबार प्रि ओपन सेसनमा १४ स्टकको ४ लाख ७४ हजार ९७९ रुपैयाँ ४० पैसा बराबरको ९६६ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये १३ वटा स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया