काठमाडौं - प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले उदयपुरको श्री खाट मन्दिर आघारभुत विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई व्याग वितरण गरि भवन निर्माण गरेको छ ।
इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत उदयपुरको सो विद्यालयमा अध्यनरत ३५० जना भन्दा बढि बाल बालिकाहरुलाई स्कुल ब्याग वितरण र भवन निर्माणकालागी तीन लाख रूपैयाँको सहयोग गरेको छ ।
नेपाल सरकारका परराष्ट्र मन्त्रि डा. नारायण खड्काको प्रमुख आतिथ्यमा एक कार्यक्रमबिच विद्यालयमा पुगि हस्तान्तरण गरिएको हो। डा. खड्काको पहलमा कम्पनीले सहयोग गरेको छ ।
उक्त कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्रि डा. खड्काले आफ्नो गृह वडाका विद्यालयलाई सहयोग गर्न पाएकोमा खुसि व्यक्त गरे । उनले विध्यालयको शैक्षिक गुणस्तर बृद्धिकोलागि आफुले सक्ने सहयोग गर्ने बताए ।
प्रतिक्रिया