काठमाडौं - सिभिल बैंक लिमिटेड र पोखराको चरक मेमोरियल हस्पिटलबीच बैंकका ग्राहकका लागि विशेष छुट प्रदान गर्ने बारेमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार सिभिल बैंकका सम्पूर्ण ग्राहकले पोखराको चरक मेमोरियल हस्पिटलमा २० प्रतिशत सम्म छुट पाउने भएका छन् ।
आज एक कार्यक्रममा बैंकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख समीर केसी तथा हस्पिटलका तर्फबाट अध्यक्ष रामचन्द्र रेग्मीले सम्झौतामा हस्ताक्षर गरेका छन । उक्त सम्झौताअनुसार फार्मेसीमा ५ प्रतिशत, ल्याब/बेड, रेडियोलोजी तथा अपरेसनमा लाग्ने शुल्कमा १० प्रतिशत र होल बडी चेकअपमा २० प्रतिशत छुट पाउने व्यवस्था छ ।
यो छुट सुविधा उपभोग गर्नका लागि सिभिल बैंकका ग्राहकले हस्पिटलको बिल भुक्तानी बैंकको मोबाइल बैंकिङ एपमार्फत डिजिटल पेमेन्ट गर्नुपर्ने हुन्छ । यसका साथै आगामी दिनमा बैंक र हस्पिटलको संयुक्त पहलमा पोखराको विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविरको पनि आयोजना गर्न सकिने गण्डकी प्रदेशका प्रमुख समीर केसीले बताए ।
सात लाखभन्दा बढी ग्राहकलाई ११५ शाखा मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म १२ एक्सटेन्सन काउन्टर र ९९ एटीएम छन् । यसका साथै बैंकले हालसम्म करिब ९२ अर्ब निक्षेप परिचालन गरी ८८ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।
प्रतिक्रिया