नेपाल फाइनान्सको १४ लाख ३९ हजार बढि कित्ता शेयरमा आजसम्म मात्र आवेदन दिन सकिने

३ बर्ष अगाडि

काठमाडौं - नेपाल फाइनान्स लिमिटेडको लिलामी शेयरमा आज शुक्रबारसम्म मात्र आवेदन दिन सकिने छ । कम्पनीले असार १७ गतेदेखि कुल १४ लाख ३९ हजार ४१२.२७५ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा बिक्रीमा ल्याएको हो ।  

कम्पनीले जेठ ६ गतेदेखि २६ गतेसम्म ७० प्रतिशत हकप्रद शेयर बिक्री खुला गर्दा वितरण हुन नसकेको उक्त शेयर लिलामीमा विक्री खुला गरेको हो । इच्छुक आवेदकले आज कार्यालय समयसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

कम्पनीले १० बराबर ७ को अनुपातमा प्रतिशेयर १०० अंकित दरको ३४ करोड ५४ लाख ४७ हजार ४२८ बराबरको ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । 

कुल शेयरमध्ये संस्थापकतर्फको ११ लाख ३६ हजार ७१६.१८७ कित्ता रहेको छ भने सर्वसाधारणतर्फको ३ लाख २ हजार ६९६.०८८ कित्ता रहेको छ । उक्त शेयरको मूल्य प्रतिकित्ता १०० तोकिएको छ । शेयर खरीदका लागि बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने व्यवस्था छ ।

यो शेयर खरीदका लागि न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले पुरा गर्नेछ । कम्पनीले यसअघि १ बराबर १.७५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया