काठमाडौं - आज (बिहीबार) सेयर बजारमा गिरावट देखिएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ९बिहीबार० सेयर कारोबार मापक नेप्से परिसूचक १६.६० अंकले घटेर २०२७.३२ विन्दुमा झरेको छ । नेप्से ०.८१ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.४२ अंकले घटेर ३८५.४९ विन्दुमा झरेको छ ।
कूल २२९ वटा कम्पनीको ४७ लाख ११ हजार २५ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ८० करोड ६२ लाख ४ हजार ७ सय ६५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
सेयर बजार घटे पनि ५६ वटा म्युचुअल फण्ड तथा कम्पनीको शेयर मूल्य बढेको छ । आज सबैभन्दा धेरै म्युचुअल फण्डको मूल्यमा सुधार आएको छ ।
कम्पनी तर्फ हेर्ने हो भने सबैभन्दा धेरै माउन्टेन इनर्जीको ३.३६ अंकले सुधार भएको छ । नारायणी डेभलपमेन्ट बैंकको २.६७ प्रतिशतले बढेको छ ।
त्यस्तै अन्य कम्पनीहरु किसान लघुवित्त १।९१ प्रतिशत, जानकी फाइनान्स १.८८ प्रतिशत, माउन्टेन इनर्जी १.८६ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया