काठमाडौं - आज (बिहीबार) सेयर बजारमा गिरावट देखिएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १६.६० अंकले घटेर २०२७.३२ विन्दुमा झरेको छ । नेप्से ०.८१ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.४२ अंकले घटेर ३८५.४९ विन्दुमा झरेको छ ।
कूल २२९ वटा कम्पनीको ४७ लाख ११ हजार २५ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ८० करोड ६२ लाख ४ हजार ७ सय ६५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया