काठमाडौं - अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिनसम्म साढे ९ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ ।
यो कम्पनीले गत असार २० गतेदेखि सर्वसाधारणका लागि १९ करोड ५७ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको छ । यो आईपीओमा आज असार २३ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले कुल १९ लाख ५७ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको थियो । कुल कित्तामध्ये सामूहिक लगानी कोष ९७ हजार ८७५ कित्ता ९५ प्रतिशत० र ३९ हजार १५० कित्ता ९२ प्रतिशत० कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १८ लाख २० हजार ४७५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।
सीडीएससीका अनुसार आज बिहीबार साँझ ५ बजेसम्म यो आईपीओमा १५ लाख १८ हजार ५३१ आवेदकबाट कुल १ करोड ७३ लाख ५९ हजार ७६० कित्ता सेयर माग भएको छ । जुन मागभन्दा ९.५३ गुणाले बढी हो ।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट भाग्यमानी १ लाख ८२ हजार ४७ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् । तिनैमध्ये ५ जनाले थप १–१ कित्ता सेयर पाउनेछन् ।
अप्पर सोलु हाइड्रोको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
प्रतिक्रिया