काठमाडौं - पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा भएको कुल तीन हजार ५१५ नमुना परीक्षणमध्ये सो संख्यामा संक्रमण पाइएको हो ।
एक दिनमा एक हजार ३८४ पीसीआर परीक्षणबाट ६० जना र दुई हजार १३१ एन्टिजेन परीक्षणबाट १८ जनामा कोरोना संक्रमित थपिएका हुन् ।
आज कोरोना निको हुनेको संख्या भने २३ रहेको छ । हाल देशमा सक्रिय संक्रमितको संख्या ५०८ रहेको छ । केहि समययता कोभिड १९ का कारण निधन हुनेको संख्या शून्य रहेको छ ।
प्रतिक्रिया