रेमिट्यान्स र कर्जाको कारण व्यापार घाटा बढ्यो

३ बर्ष अगाडि

काठमाडौं - बैंक तथा वित्तीय संस्था परिसंघले रेमिट्यान्स बढ्दा र बैंक तथा बित्तीय संस्थाले प्रवाह गरेको कर्जाको कारणले व्यापार घाटा बढेको जनाएको छ । परिसंघको एक अध्ययन प्रतिवेदन सार्वजानिक गर्दै यस्तो निष्कर्ष निकालेको हो ।

अध्ययनले बैंक तथा वित्तीय संस्थाले १०० रुपैयाँ कर्जा लगानी बढाउँदा दीर्घकालमा ५० रुपैयाँले व्यापार घाटा बढाउने देखाएको छ । बैंक तथा वित्तीय संस्थाले अनुत्पादक क्षेत्रमा धेरै कर्जा लगानी बढाउदा समस्या देखिएको प्रतिवेदनले देखाएको छ । यसले गर्दा उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सुझाव समेत दिएको छ ।

यसैगरी व्यापार घाटा बढ्नुमा रेमिट्यान्सको पनि भुमिका रहेको प्रतिवेदनले देखाएको छ । रेमिट्यान्स धेरै उपभोगमा जाँदा त्यसले व्यापार घाटा बढाएको अध्ययनको निष्कर्ष छ । रेमिट्यान्सको रकमबाट बचत बढाउने गरि सरकारले नीतिगत सुधार गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले उत्पादनमुलक र अनुत्पादक क्षेत्रमा दुइथरी ब्याजदर लागु गर्नुपर्ने कुरालाई पनि औँल्याएको छ । उत्पादनमुलक क्षेत्रमा अन्य क्षेत्रको तुलनामा कम ब्याजदर हुनुपर्ने र ब्यादर एकल अंकमा हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया