सन नेपाल लाइफद्धारा ६६ हजार मृत्यु दाबी भुक्तानी

३ बर्ष अगाडि

काठमाडौं - सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । 

कम्पनीको धनगढी शाखाले बीमित धिरज चौधरीका प्रस्तावक स्व हस्तेकुमार चौधरीको गत वर्ष चैत ५ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । प्रस्तावक हस्तेकुमार चौधरीले धिरजका नाममा बाल समृद्ध जीवन बीमा ९१५ वर्षे अवधि०को खोलेका थिए । 

उनले ४ वार्षिक बीमाशुल्कबापतको ५४ हजार २१२ भुक्तानी गरी बीमांक रु। २ लाखको जीवन बीमा गराएका थिए । 

प्रस्तावक हस्तेकुमार चौधरीको निधनपछि बीमितको संरक्षक आमा सीता चौधरीलाई कम्पनीले मासिक आय सुविधाबापत १६ हजार रुपैयाँ र किरिया खर्चबापत ५० हजार रुपैयाँ गरी ६६ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया