एजेन्सी - श्रीलङ्का स्वतन्त्रताको सात दशकमा सबैभन्दा खराब वित्तीय सङ्कटसँग लडिरहेको बेला राष्ट्रपति गोटाबाया राजापाक्षेले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गर्दै इन्धन आयात गर्न तत्काल ऋण सहयोगका लागि आग्रह गरेका छन ।
दुई नेताले कोलम्बोले अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग सहयोग बारे प्याकेजमा वार्ता गरे पनि ऊर्जा लगायत अन्य थुप्रै प्रमुख क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहयोगबारे छलफल भएको हो ।
'रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग धेरै फलदायी वार्ता भयो। विगतका चुनौतीहरू पार गर्न आफ्नो सरकारले प्रदान गरेको सबै सहयोगको लागि उहाँलाई धन्यवाद दिँदै मैले वर्तमान सङ्कटलाई पराजित गर्न पनि श्रीलङ्कालाई इन्धन आयात गर्न ऋण सहयोगको प्रस्ताव अनुरोध गरें।' गोटाबायाले भने ।
गोटाबायाले पुटिनलाई श्रीलङ्कामा रूसी एयरलाइन्स एरोफ्लोट पुनः सञ्चालन गर्न पनि अनुरोध गरेका छन। ‘पर्यटन, व्यापार लगायत अन्य क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने कुरामा हामी सहमत भएका छौं ।' उनले भने । श्रीलङ्काको पहलमा उक्त वार्ता भएको क्रेमलिनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दुवै राष्ट्रपतिले द्विपक्षीय व्यापार र आर्थिक सहयोगका समसामयिक विषयमा विशेषगरी ऊर्जा, कृषि र यातायातका विषयमा छलफल गर्नु भएको बताइएको छ । यस वर्ष दुई देशहरू बीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५ औं वार्षिकोत्सवको सन्दर्भमा 'परम्परागत रूपमा मित्रवत् रुस-श्रीलङ्का सम्बन्धको प्रगतिशील विकास भएको छ ।' विज्ञप्तिमा जनाइएको छ ।
जुन २८ मा पत्रकार सम्मेलन गर्दै श्रीलङ्काका सांसद महिन्दानन्द अलुथगामागेले इन्धन खरिदका लागि राष्ट्रपति राजापाक्षे र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको टेलिफोन वार्तालाई सहज बनाउन श्रीलङ्काका लागि रुसी राजदूतले छलफल शुरु गरेको बताएका छन ।
यसै बीच जुन १० पछि निरन्तररूपमा इन्धन आपूर्ति सुनिश्चित गर्न सरकारले बृहत् संयन्त्र बनाएको छ ।
प्रतिक्रिया