काठमाडौं - कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि डिजिटल माध्यममार्फत सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले अनलाइन पोर्टल ‘केएस डिजी वर्ल्ड’ सार्वजनिक गरेको छ ।
बैंकले असार २२ गते ‘केएस डिजी वर्ल्ड’ सार्वजनिक गरी सेवा सञ्चालनमा ल्याएको हो । यो सेवा लागू भएपछि बैंकका ग्राहकले बैंकको वेबसाइट वा मोबाइल एपमार्फत अथवा digiworld.kamanasewabank.com मा गई एकद्वार प्रणालीमार्फत घरैमा बसी अनलाइन सेवाहरु प्राप्त गर्न सक्नेछन् ।
‘केएस डिजी वर्ल्ड’मा अनलाइन खाता, अनलाइन ऋण आवेदन, अनलाइन डिम्याट र मेरो सेयर, अनलाइन कार्ड रिक्वेस्ट, अनलाइन क्यूआर रिक्वेस्ट, अनलाइन ग्राहक केन्द्र सेवालगायतका सेवाहरु उपलब्ध छन् ।
यसका साथै बैंकले आगामी दिनमा समेत अन्य अनलाइन सेवा थप गर्दै जाने योजना बनाएको छ।
प्रतिक्रिया