सीडी रेसियोको अनुपात ९५ प्रतिशत पुर्‍याउन सिबिफिनको माग

३ बर्ष अगाडि

काठमाडौं - बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले समग्र अर्थतन्त्र र बैंक तथा वित्तीय क्षेत्रमा परेको दबाबलाई न्यूनीकरण गर्न सीडी रेसियोको अनुपात ९५ प्रतिशत पुर्‍याउनुपर्ने मागसहितको २७ बुँदे सुझाव आगामी मौद्रिक नीतिका लागि पठाएको छ । 

आज राजधानीमा पत्रकार सम्मेलन गर्दै सिबिफिनले आगामी मौद्रिक नीतिका लागि पठाइएको सुझावबारे जानकारी गराएको हो । सिबिफिनले यसरी सीडी रेसियोको अनुपातमा ५ प्रतिशतले बढाउँदा हुन आउने रकम उत्पादनमूलक क्षेत्रमा अनिवार्य रुपमा कर्जा सुविधा उपलब्ध गराउनुपर्ने सर्तसहितका व्यवस्थाहरु गर्नुपर्ने पनि सुझाव दिएको छ । 

यसैगरी बैंक तथा वित्तीय संस्थाले कारोबार सञ्चालन गरेको १० वर्ष पुगेपछि पुँजीबजार, बैंकिङलगायत समग्र वित्तीय क्षेत्रमा पर्ने प्रभावसमेत पुनर्विचार गरी राष्ट्र बैंकको स्वीकृतिमा संस्थापक सेयर क्रमशः साधारण सेयरमा परिणत गर्न सक्ने व्यवस्था गर्न पनि सुझाव दिइएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया