बैंक तथा वित्तीय संस्थाहरुलाई ब्रोकर लाइन्सेन्स दिन माग

३ बर्ष अगाडि

काठमाडौं - बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंक तथा वित्तीय संस्थाहरुलाई ब्रोकर लाइन्सेन्स दिन माग गरेको छ । 

आज काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै सिबिफिनले राष्ट्र बैंकलाई पठाइएको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा समेट्नुपर्ने विषयहरुका विषयमा जानकारी गराएको थियो । 

सिबिफिनले पठाएको तिनै २७ बुँदे सुझावमा बैंक तथा वित्तीय संस्थाहरुलाई ब्रोकर लाइसेन्स दिने विशेष व्यवस्था गर्न माग गरेको छ । सिबिफिनले बैंक तथा वित्तीय संस्थाहरुलाई ब्रोकर लाइसेन्स दिनुपर्नेको औचित्य र कारण पनि प्रस्ट पारेको छ । 

बैंक तथा वित्तीय संस्थाहरुलाई ब्रोकर लाइसेन्स दिँदा वित्तीय पहुँच अभिवृद्धिमा योगदान पुग्ने र पुँजीबजारको विकास एवं विस्तार गर्न सहयोग पुग्ने सिबिफिनको विश्वास छ। 
 

३ बर्ष अगाडि

प्रतिक्रिया