काठमाडौं - नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स वितरणका लागि हालै जारी गरेको प्रस्तावलाई लगानीकर्ताकर्ता संघसंगठनले स्वागत गरेका छन् ।
नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ र नेपाल पुँजीबजार लगानीकर्ता संघले आज संयुक्त विज्ञप्ति जारी गर्दै ब्रोकर लाइसेन्स वितरणमा सेबोनले ‘धितोपत्र व्यवसायी नियमावली, २०६४’मा संशोधन गर्ने मस्यौदालाई स्वीकृत गर्ने निर्णयलाई स्वागत गरेका हुन् ।
पुँजीबजारको विकास र विस्तारमा सेबोनबाट उक्त प्रस्ताव अत्यन्त सराहनीय र प्रशंसनीय रहेको विज्ञप्तिमा उल्लेख छ । ‘उक्त बुँदा कार्यान्वयनमा आएपछि पुँजीबजारको विकास र विस्तारमा कोशेढुंगा सावित हुनेछ’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया