प्रि ओपन सेसन : ७ अंक बढ्यो नेप्से परिसूचक, १७ स्टकको मूल्य वृद्धि

३ बर्ष अगाडि

काठमाडौं - आज बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ७ अंक बढेको छ ।

अघिल्लो कारोबारको दिन बुधबार १३.३३ अंक बढेर २०४३.९२ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा ७.५७ अंक बढेर २०५१.५० विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.२३ अंक बढेको छ ।

आज प्रि ओपन सेसनमा २१ स्टकको २७ लाख ७२ हजार ४४ रुपैयाँ ५० पैसा बराबरको ७ हजार १०४ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये १७ वटा स्टकको मूल्य बढेको छ भने ३ स्टकको मूल्य घटेको छ । 

बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया