काठमाडौं - आकर्षक तलब र सुविधाको वैदेशिक रोजगारीमा न्युजिल्यान्ड पठाइदिन्छु भन्दै ६३ लाख रूपैयाँ भन्दा बढी ठगी गरेकोे अभियोगमा प्रहरीले एक युवतीलाई पक्राउ गरेकोे छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुढानिलकण्ठ नगरपालिका–३ बस्ने २७ वर्षीया शोभा पौडेललाई पक्राउ गरेको हो । प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले पौडेलले सिन्धुली दुधौलीका नारायण बोगटीसहित ९ जनाबाट ६३ लाख २० हजार ठगी गरेकोे उजुरी परेको बताए ।
पौडेलले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्डमा मासिक एक लाख ७० हजार तलब हुने भन्दै प्रलोभन दिएर प्रतिव्यक्तिबाट १२ लाख ५० हजार रुपैयाँ लाग्ने बताएर रकम उठाएको वैदेशिक रोजगार विभागमा परेको उजुरीमा उल्लेख छ ।
प्रतिक्रिया