काठमाडौं - अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि निष्काशन गरेको आईपीओमा ११ लाख बढी आवेदकको आवेदन परेको छ।
सिडिएस एण्ड क्लियरिङ्गको अनुसार बुधबार साँझ ५ बजेसम्ममा ११ लाख ९ हजार ७६२ जना आवेदकबाट १ अर्ब २८ करोड ४६ लाख ९९ हजार रुपैयाँ बराबरको १ करोड २८ लाख ४६ हजार ९९० कित्ता शेयरको लागि आवेदन परेको हो ।
कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो ।
त्यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । लगानीकर्ताले बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयरमा आजसम्म मात्रै आवेदन दिन सकिने छ ।
प्रतिक्रिया