डिप्रोक्स लघुवित्तको १ लाख बढी कित्ता सेयरमा आजसम्म मात्र आवेदन दिन सकिने

३ बर्ष अगाडि

काठमाडौं - डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सवा १ लाख बढी कित्ता सेयरमा बोलपत्र पेस गर्ने आज असार २३ गते अन्तिम दिन रहेको छ ।

डिप्रोक्स लघुवित्तले गत असार १६ गतेबाट १ लाख २८ हजार ८१२ कित्ता संस्थापक सेयर लिलामीमा राखेको थियो । यो सेयरमा आज बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिनेछ ।

यो सेयरमा विद्यमान संस्थापकसँगै इच्छुक योग्य अन्य जोकोही व्यक्ति तथा संगठित संस्थाले बोलपत्र पेस गर्न सक्नेछन् । लिलामीमा राखिने सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५०८ रुपैयाँ तोकिएको छ । यसको अर्थ बोलपत्र पेस न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा १० ले भाग जाने संख्यामा वा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया