एजेन्सी - अमेरिकी डलरको मूल्य उच्च हुँदा युरो २० वर्ष यताकै कमजोर अवस्थामा पुगेको छ ।
अमेरिकामा सम्भावित आर्थिक मन्दीका कारण लगानीकर्ताहरुले सुरक्षित लगानी उपकरणमा डलरलाई प्राथमिकता दिँदा युरो, पाउन्ड लगायतका अन्य मुद्रा कमजोर भएका हुन् ।
लगानीकर्ताहरुले डलरमा लगानी बढाएसँगै युरो एकै दिन १.५ प्रतिशतले घटेको छ । २० वर्ष यताकै कमजोर भएको युरो विश्वव्यापी महामारी–कोभिडको समयमा समेत यति धेरै कमजोर भएको थिएन । यसैगरी पाउन्ड स्ट्रलिङ १८ महिना यताकै उच्च अवस्थामा पुगेको छ ।
डलर उच्च भएसँगै डलर सूचांक १०६.५७ प्रतिशतमा पुगेको छ । यसै सम्बन्धमा साक्सो क्यापिटल मार्केटकी मार्केट स्टाट्रिजिस्ट चरु चनानाले डलर शक्तिशाली बन्नुमा युरोप क्षेत्रमा व्याप्त इन्धन तथा प्राकृतिक ग्यासको अभाव, रुसबाट आपूर्ति हुने इन्धनमा प्रतिबन्ध र अमेरिकी इन्धन महंगो भएको बताएकी छिन् ।
जर्मनी र फ्रान्समा पनि इन्धनको मूल्यले नयाँ रेकर्ड कायम गरिरहेको छ । इन्धन अभाव न्युनिकरण गर्न जर्मन र फ्रान्सले इन्धन खरिद गरी भण्डारण गरिरहेका छन् ।
प्रतिक्रिया