काठमाडौं - आइएमई जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ दोहोरिएका छन् ।
कम्पनीको सञ्चालक समितिले बादेलाई पुनः अर्को कार्यकालका लागि दोहोर्याउने निर्णय गरेको थियो । बीमा समितिले बुधबार उनको कार्यकाल दोहोर्याउने अनुमति दिइएको बीमा समितिले जनाएको छ।
बादेको कार्यकाल आगामी साउन २३ गतेदेखि सकिदैछ । वादेलाई कम्पनीले २०७५ साउन २३ गतेदेखि लागु हुने गरी पहिलो पटक सिइओमा नियुक्त गरेको थियो । उनि तत्कालिन समयमा कामु प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए ।
उनको चार वर्षे कार्यकाल सफलतापुर्वक सम्पन्न हुनु भन्दा अगाडी नै अर्को कार्यकालका लागि पुनः नियुक्त गरेको हो । उनि आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत हुनेछन् ।
प्रतिक्रिया