एन्ड्रोइड प्रयोगकर्तालाई फेरि चेतावनी

३ बर्ष अगाडि

एजेन्सी - एन्ड्रोइड प्रयोगकर्तालाई फेरि चेतावनी दिइएको छ । यसपटक माइक्रोसफ्टले यस सम्बन्धमा अलर्ट जारी गरेको हो । 

माइक्रोसफ्टले मालवेयरले एन्ड्रोइड प्रयोगकर्तालाई टार्गेट गरिरहेको चेतावनी दिएको छ । यसले प्रयोगकर्ताको जानकारी बिना प्रिमियम सदस्यताहरु अनलाइन एक्टिभेट गरिदिन्छ । 

माइक्रोसफ्टका अनुसन्धानकर्ता दिमित्रियोस वाल्समरास र सोङ शिन जुङले यो मालवेयरलाई बिलिङ फ्रडको सबक्याटेगरीमा राख्न सकिने बताएका छन् । यसले प्रयोगकर्ताको प्रिमियम सर्भिस बिना जानकारी सब्सक्राइब गरिदिन्छ । 

यस्तो टोल फ्रडले एसएमएस वा कलमा काम नगर्ने पनि रिपोर्टमा उल्लेख छ । यिनीहरु वायरलेस एप्लिकेसन प्रोटोकल ९डब्ल्यूएपी० मा काम गर्छन् । जब प्रयोगकर्ता फोनबाट सामान खरिदको बिल भुक्तानी गर्नछन् तब मालवेयर एपले प्रयोगकर्ताको वाईफाई डिसकनेक्ट गरेर मोबाइल डाटा युज गर्नका लागि फोर्स गर्ने गरेको थुप्रै घटनाहरु पनि भएका छन् । 

यी मालवेयर एपहरुले मोबाइल नेटवर्कमार्फत मात्र सब्सक्रिप्सन सुरु गर्छन् । प्रयोगकर्तालाई यसका लागि वेबसाइटमा पनि गाइड गरिएको हुन्छ। यद्यपि यसका लागि ओटीपी चाहिन्छ । तर, यी एपहरुले यसलाई लुकाउँछन् ।

यसबाट बच्नका लागि प्रयोगकर्ताले केही कुरामा ध्यान दिनुपर्ने अनुसन्धानकर्ताले बताएका छन् । केही एपहरुले धेरै अनुमतिहरु माग्छन् । जसका बारेमा प्रयोगकर्ताहरु सतर्क हुन आवश्यक छ । कुनै पनि एपहरुले नक्कली डेभलपर प्रोफाइल वा एउटै जस्तो देखिने आइकनहरु प्रयोग गर्छन् भने प्रयोगकर्ता सावधान हुन आवश्यक छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया