सानिमा बैंकका ग्राहकहरुलाई अन्नपूर्ण केबलकारमा १० प्रतिशत छुट

३ बर्ष अगाडि

काठमाडौं, सानिमा बैंक र अन्नपूर्ण केबलकार बीच आषाढ २० गते समझदारी पत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारी अन्तर्गत बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको मोबाइल बैंकिंगबाट क्यूआर कोड स्क्यान वा डेबिट वा क्रेडिट कार्डमार्फत् रकम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।

उक्त समझदारी पत्रमा सानिमा बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख सुदिप कुमार हलवाई र अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका छन् ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ कार्यालय र १२० वटा ए।टि।एम्। संचालनमा रहेका छन् । यसकासाथै, सानिमा बैंकको डेबिटरक्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्तालाई विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया