नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।
पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा भएको कुल तीन हजार ११२ नमुना परीक्षणमध्ये सो संख्यामा संक्रमण पाइएको हो । यो पछिल्लो केहि समययताकै उच्च संक्रमण दर हो ।
यसअघि फागुन २६ गते ११२ जनामा संक्रमण देखा परेको थियो । त्यसपछि भने संक्रमितको संख्या न्यून रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ९४४ पीसीआर परीक्षण गर्दा ७३ जनामा र एक हजार १६८ एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको छ ।
मंगलबार कोरोना संक्रमणमुक्त हुनेको संख्या भने २० रहेको छ । हाल देशमा सक्रिय संक्रमितको संख्या ४०१ रहेको छ । केहि समययता कोभिड १९ का कारण निधन हुनेको संख्या शून्य रहेको छ ।
प्रतिक्रिया