काठमाडौं, साताको दोस्रो कारोबारको दिन (सोमबार) शेयर बजार ओरालो लागेको छ ।
अघिल्लो कारोबार दिन आइतबार ५७.६५ अंक बढेर २०८६.४२ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक कारोबारको ४ घण्टाको अवधी भारी अंकले उकालो लागे पनि अन्तिम समयसम्म आइपुग्दाँ ९.७५ अंकले घटेर २०७६.६७ बिन्दुमा झरेको छ ।
आज कारोबार रकम भने निकै नै उत्साहजनक रहेको छ । आज कारोबारमा आएका २३४ कम्पनीको १ करोड ९ लाख ८१ हजार ५९१ कित्ता शेयर खरिदबिक्री हुदाँ ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ रुपैंया बराबरको कारोबार भएको छ । नेप्सेमा आज ३ महिनापछि ४ अर्ब बढीको कारोबार भएको हो । यसअघि चैत १३ गते ४ अर्ब ७८ करोड बढीको कारोबार भएको थियो ।
सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्को शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १७ करोड ५८ लाख रुपैयाँ भन्दा बढी कारोबार भएको हो ।
आज सिवाईसी लघुवित्त र डाङी गुप्रको शेयरमा सकारात्मक सर्किट लागेको छ।
सिवाईसी लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ भने डाङी गुप्र कम्पनीको शेयर ९,९८ प्रतिशतले बढेको छ।
साेमबार १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधकि ५.१० प्रतिशत बढेको छ। अन्य उपसमूहको परिसूचकको वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको विकास बैंक, होटल तथा पर्यटन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
प्रतिक्रिया