शिवम् सिमेन्ट्सहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीको कति कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं- साताको दोस्रो कारोबारको दिन (सोमबार) शेयर बजार ओरालो लागेको छ ।

अघिल्लो कारोबार दिन आइतबार ५७.६५ अंक बढेर २०८६.४२ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक कारोबारको ४ घण्टाको अवधी भारी अंकले उकालो लागे पनि अन्तिम समयसम्म आइपुग्दाँ ९.७५ अंकले घटेर २०७६.६७ बिन्दुमा झरेको छ ।

आज कारोबार रकम भने निकै नै उत्साहजनक रहेको छ । आज कारोबारमा आएका २३४ कम्पनीको १ करोड ९ लाख ८१ हजार ५९१ कित्ता शेयर खरिदबिक्री हुदाँ ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ रुपैंया बराबरको कारोबार भएको छ । नेप्सेमा आज ३ महिनापछि ४ अर्ब बढीको कारोबार भएको हो । यसअघि चैत १३ गते ४ अर्ब ७८ करोड बढीको कारोबार भएको थियो । 

सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्को शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १७ करोड ५८ लाख रुपैयाँ भन्दा बढी कारोबार भएको हो ।

त्यस्तै, हिमालयन डिस्टिलरीको १६ करोड ९० लाख रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सको १२ करोड ९६ लाख, अरुण काबेली पावरको ११ करोड ७८ लाख र अपर तामाकोशीको ११ करोड ६७ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया