काठमाडौं - साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ९ अंक बढेको छ ।
अघिल्लो कारोबार दिन आइतबार ५७.६५ अंक बढेर २०८६.४२ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा ९.२० अंक बढेर २०९५.६२ विन्दुमा पुगेको छ ।
सेसनमा सेन्सेटिभ इण्डेक्स २ अंक बढेको छ । सोमबार प्रि ओपन सेसनमा १४ स्टकको १४ लाख ४ हजार ८१८ रुपैयाँ ८० पैसा बराबरको २ हजार ८१५ कित्ता शेयर खरिदबिक्री भएको छ ।
जसमध्ये १४ वटै स्टकको मूल्य बढेको छ ।
प्रतिक्रिया