काठमाडौं - कुमारी बैंक लिमिटेड र काभ्रेको बनेपास्थत बनेपा डेन्टल केयरबीच छुट सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकलाई बनेपा डेन्टल केयरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो ।
यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले सो डेन्टल केयरबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट वा क्रेडिट कार्डबाट गर्दा जेनेरल डेन्टिस्ट्री, पेडोेडोन्टिक्स, प्रोस्टोडोन्टिक्स र इन्डोडोन्टिक्समा २० प्रतिशत तथा अर्थोडोन्टिक्स र डेन्टल इम्प्लान्टमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
यस सुविधाबाट सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।
प्रतिक्रिया