काठमाडौं - सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको असार १३ गते बसेको बैठकले वार्षिक साधारण सभा आउँदो साउन ६ गते आयोजना गर्ने निर्णय गरेको हो ।
सभा ललितपुरको कुपण्डोलस्थित होटेल हिमालयमा दिउँसो ३ बजे हुनेछ । सभाले नियामक निकायले तोकेबमोजिम कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ ।
यसका लागि अन्य कुनै जीवन बीमा कम्पनीसँग आपसमा गाभ्ने, गाभिने र प्रापित प्रयोजनका लागि गर्नुपर्ने आवश्यक सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्ने छ ।
प्रतिक्रिया