मधेश प्रदेशमा पुनः शुरु भयो छोरी शिक्षा बीमा कार्यक्रम

३ बर्ष अगाडि

काठमाडौं - प्रदेशका बालिकाको शैक्षिक भविष्य सुनिश्चत गर्ने उद्देश्यले मधेश प्रदेश सरकारले स‌चालनमा ल्याएको छोरी शिक्षा बीमा कार्यक्रम पुनः शुरु भएको गरिएको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सार्वजनिक सुचना प्रकाशन गर्दै छोरी शिक्षा बीमा तथा मुद्धती बचत कार्यक्रम पुनः शुरु भएको घोषणा गरेको हो ।

बीमा कार्यक्रम रोकिएका कारण गत २०७८ माघ १ यता जन्मिएका बालिकाहरु यो बीमा कार्यक्रम अन्तर्गत समावेश हुन सकेका थिएनन् ।

मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालयले जारी गरेको सुचनामा २०७८ माघ १ गते यता प्रदेशमा जन्मिएका छोरीहरुको शिक्षा बीमाको लागी नामांकन गर्न निवेदन पेश गर्न अभिभावक तथा संरक्षकसँग आग्रह गरेको छ ।

निर्देशनालयले असार २४ गते भित्रै आवश्यक कागजात सहित निवेदन पेश गर्न आह्वान गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया