काठमाडौं- सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा भोलि (सोमवार) हुदैछ । सभा स्मार्ट दरबार ब्याङ्क्वेट धुम्बाराहीमा बिहान १० बजे हुने कम्पनीले जानकारी दिएको हो ।
सभाले कुल ४.६४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । ४.४२ प्रतिशत बोनस शेयर र ०.२२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले कुनै पनि जीबन बीमा कम्पनीसँग एक आपसमा गाभिने प्रयोजनको लागि उपयुक्र जीबन बीमा कम्पनीको पहिचान र छनोट गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्ने लगायतका सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्यितारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका असार ८ गते बन्द गरिसकेको छ । यस आधारमा असार ७ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
प्रतिक्रिया